ताजा समाचार

देउवाको इन्टेस्टमा नेप्सेको सीइओमा चन्द्रसिंह साउद नियुक्त

काठमाडौं, २३ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बिहानैदेखि बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ जनाको नाम प्रस्ताब गरेका थिए ।

तर, सुदुरपश्चिमका साउँदलाई प्रधानमन्त्री देउवाको इन्टेस्टमा मन्त्रिपरिषदले नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्रीले साउदलाई भनेपछि उहाँलाई नै नियुक्त गरिएको छ,’ ती मन्त्रीले भने । अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको थियो ।

मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो । सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org