ताजा समाचार

पार्टी छोडेको १० वर्षपछि विजय गच्छदार काँग्रेसमा फर्कदैं, आज पार्टी एकीकरण हुँदै

काठमाडौं, २३ असोज । नेपाली काँग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण हुने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेका बेला काँग्रेस र फोरक लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुन लागेको हो । कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी एकीकरणका लागि अन्तिम तयारी भएको जानकारी दिए ।

फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकीकारणका लागि केहि दिन देखि सघन छलफल भइरहेको र आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारबीच छलफल भएपछि पार्टी एकताको टुंगो लागेको बताए।

कार्यविभाजनमा कुरा नमिल्दा आइतबार हुने भनिएको एकता अन्तिम समयमा रोकिएको थियो। पार्टी एकीकरणको टुंगो लागेपनि समय र स्थान भने अझै तय भइनसकेको कांग्रेस नेता एनपी साउँदले बताए। उनले भने, ‘आज एकीकरण हुने निश्चित हो तर कार्यक्रमको स्थान र समय निश्चित हुन बाँकी छ।’

गच्छदार २०६४ सालमा सम्पन्न स‌विधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोमर प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org