ताजा समाचार

शरदकुमार गौचनमाथि रमेश बाहुन समूहले गोली हानेको आशंका

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गुण्डा नाईके सुजन पौडेल उर्फ रमेश बाहुनको समुहले गोली प्रहार गरेको आशंका गरिएको छ । सोमबार दिउँसो नेपालकै प्रमुख प्रशासनिक निकाय संसद भवन नजिकै गोचनको गोली प्रहार गरि हत्या गरिएको थियो । तीन गोली लागेका गौचनको अस्पताल नपुर्‍याउदै मृत्यु भएको थियो । उनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए । ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्र गौचनमाथि हातपात गरेको एआइजी चन्दले बताए।

‘बाहुन समूहले थप्पड हानेको भन्ने जानकारी आएको छ, त्यही समूह हो वा अन्य हो खोजी भइरहेको छ’ चन्दले भने,’अहिले काठमाडौं उपत्यकामा नाकाबन्दी गरेर खोजतलास भइरहेको छ।’ बाहुन निर्माण व्यवसायी र रोडाढुङ्गा व्यवसायीसँग अवैध असुलीका लागि कुख्यात छन्। दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गोली हानेका बाहुन लागूऔषध मुद्दामा कारागारमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org