ताजा समाचार

प्रहरीले ९ महिना अघिको पूर्वसूचनालाई बेवास्ता गर्दा निर्माण व्यवसायी गौचन मारिए

काठमाडौं, २४ असोज । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’

पुनका सहयोगीहरुले दिएको पूर्वसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि ९ महिनाअघि सार्थक हस्तक्षेप हुन नसक्दा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org