ताजा समाचार

सिरहामा घरमै सुतिरहेका एक व्यक्तिको घाँटी रेटेर हत्या

सिरहा, २४ असोज । सिरहामा धारिलो हतियार प्रहार गरि एक व्यक्तिको हत्या गरिएको छ । कर्जन्हा नगरपालिका वडा नम्बर १० प्रयागपुर चौकमा गएराती आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षिय शशिभुषण प्रसाद साहको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

राती अवेर मिर्चैयाबाट साथीहरुसँग मदिरा सेवन गरी आएका उनी काठको दुइतले घरको भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए ।

माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौच गर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ । साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुद्दामा जेल सजाय भुक्तान गरी घर आएका थिए ।

असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर बनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् । साहको २ छोरा र २ छोरी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org