ताजा समाचार

बाँकेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

नेपालगञ्ज, २४ असोज । बाँकेमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाईतेहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए । दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतर्फ पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org