गौचनको हत्यापछि अन्य निर्माण व्यवसायीलाई पनि ज्यान मार्ने धम्की !
काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पछि अन्य निर्माण व्यवसायीलाई समेत मार्ने धम्की आउन थालेको छ । केही निर्माण व्यवसायीलाई आफुले मागेजति चन्दा नदिए गौचनको जस्तै हालत बनाईदिने भन्दै धम्की आएपछि उनीहरु त्रसित भएका छन् ।
सोमबार दिउँसो काठमाडौंको बानेश्वरमा गौचनलाई गोली हानी हत्या गरेको केही घण्टापछि उपत्यकामा रहेका निर्माण व्यवसायीलाई समेत ज्यान मार्ने धम्की आएको उनीहरुले बताएका छन् । यतिबेला निर्माण व्यवसायीलाई गुण्डाहरुको डरले चिन्तित बनाएको छ ।
लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस ? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।
त्यस्तै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीका अनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।
त्यसैगरी संघका कोषाध्यक्ष रोशन दाहाल, व्यवसायीहरु रामजी पन्त, सूर्यबहादुर खड्का, कृष्णप्रसाद गौतम, मुकेश पन्तलगायत व्यवसायीलाई आएको निर्माण व्यवसायी महासंघका प्रवक्ता रामशरण देउजाले जानकारी दिए । देउजाले भने, “धम्की धेरैजनालाई आएको छ । कुरा बाहिर गयो भने ठिक हुनेछैन भनेर फोन आएको छ । त्यसैले व्यवसायीहरुले खुलेर भन्न सक्नुभएको छैन ।”
धम्कीबारे सम्बन्धित निकायमा जानकारी गराएको र सुुरक्षाका लागि प्रहरी खटाइएको देउजाले जानकारी दिए । “धम्कीका कारण व्यवसायी त्रसित भएका छन् । संसद भवन छेउमै अपराधी आएर दिनदहाडै गोली हानी हत्या गर्छ भने सुरक्षित हुन कहाँ जाने ?” उनले भने ।
गौचन हत्यापछि अज्ञात व्यक्तिबाट धम्की आउने गरेको भन्दै आवश्यक परेका व्यक्तिलाई जिल्ला सुरक्षा व्यवस्था समितिले सुरक्षाकर्मी खटाउने प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । “कडा सुरक्षा व्यवस्थाको बीचमा पनि गौचनको हत्या भएको छ । केहीलाई धम्की आएको छ । प्रहरीले यसमा गम्भीर भएको छ । घटनाको अनुसन्धान गर्न समिति बनेको छ, छिट्टै अपराधीलाई कानुनी दायरामा ल्याइनेछ,” न्यौपानेले भने ।
धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...