ताजा समाचार

नाबालिग पत्नीसँग शारीरिक सम्बन्ध वैवाहिक बलात्कार हुने सर्वोच्चको फैसला

काठमाडौं, २५ असोज । भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग यौनसम्पर्क गर्नु वैवाहिक बलात्कार हुने फैसला सुनाएको छ । साथै १८ वर्ष भन्दा कम उमेरको पत्नीले एक वर्षभित्र उजुरी दिन सक्ने बताएको छ । १८ वर्षभन्दा कम उमेरकी श्रीमतीसँग शारीरिक सम्बन्ध बनाए वैवाहिक बलात्कार हुने सर्वोच्चको ठहर छ ।

सर्वोच्च अदालतले बलात्कार कानूनको धारा ३७५ ले अहिले सम्म १८ वर्षभन्दा कम उमेरका पत्नीका पतिलाई बचाउँदै आएको थियो । अब भने सर्वोच्च अदालतले गरेको नयाँ फैसलाअनुसार वैवाहिक बलात्कार हुनेछ ।

नेशलन फेम्ली हेल्थ सर्वेको रिपोर्ट अनुसार भारतमा १८ देखि २९ वर्ष उमेरका महिला समूहमा ४५ प्रतिशत महिला १८ वर्षभन्दा कम उमेरका छन् । अहिले भारतमा २ करोड ३० लाख महिलाहरु १८ वर्षभन्दा मुनिका छन् ।

सर्वोच्च अदालतमा १५ देखि १८ वर्षकी पत्नीसँग सम्बन्ध बनाउनुलाई अपराध घोषित गर्न माग गरिएको थियो । त्यही माग अनुसार सर्वोच्चले यस्तो फैसला गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org