ताजा समाचार

अब भूकम्पपीडितले एकैपटक २ लाख ५० हजार पाउने, तर सर्तहरु लागू हुनेछन्

काठमाडौं, २५ असोज । सरकारले भूकम्पपीडितलाई एकैपटक २ लाख ५० हजार रुपैयाँ दिने तयारी गरेको छ । स्थानीय तह अन्तर्गत गाउँपालिका तथा नगरपालिकाको सिफारिसमा एकै पटक २ लाख ५० हजार पाउने भएका हुन् । दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता पाउने छन् ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने हुन् । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।

प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणका लागि ठुलो सहयोग पुर्‍याउने प्राधिकरणको विश्वास छ ।

यो व्यवस्थापछि अब घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् । यो व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org