ताजा समाचार

नेपाल–चीन सीमाका दुई जंगेपिलर गायब ! नेपाली अधिकारीलाई केही थाहा छैन्

गोरखा, २५ असोज । नेपाल–चीन सीमामा पर्ने दुई जंगेपिलर गायब भएका छन् । गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन् । यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीयको भनाई छ ।

सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए । ‘पहरामा रातो अक्षरले एकातिर नेपालीमा र अर्कोतिर चिनियाँ भाषमा ३७ नम्बर लेखेर छाडेको छ । सिकारी र यार्सा टिप्न जानेहरु पिलर छैन भन्छन्,’ उनले भने, ‘कहाँ हरायो, कहिलेदेखि हरायो केही थाहा छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org