ताजा समाचार

निगमको बोइङ जहाज भवन भट्टले १४ करोडमा खरिद गर्ने

काठमाडौं, २६ असोज । नेपाल वायुसेवा निगमको लिलाममा राखिएको जहाज भवन भट्ट समूहले लिने भएको छ । लामो समय देखि बिक्री नभएको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिबी एयरवेजले किन्ने भएको हो ।एयरवेजले १४ करोडमा उक्त जहाज खरिद गर्ने भएको हो ।

बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । १७ करोड रुपैयाँ तोकिएको उक्त जहाज बिक्री नभएपछि १४ करोडमा बिक्रीको लागि राखिएको थियो । भट्ट समूहले बिबी एयरवेजको नाम खरिद गरेको थियो । निगमले आह्वान गरेको टेन्डरमा १४ करोड रुपैयाँमा आवेदन दिएको थियो । अन्य कम्पनीहरुले १२ करोड भन्दा कम मात्रै टेन्डरमा आवेदन दिएको निगम स्रोतले जनाएको छ ।

विगत दुई वर्ष देखि जहाज ग्राउन्डेड भएपछि निगमले लिलामीमा बिक्री गर्ने निर्णय गरेको थियो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।

१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो ।त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org