ताजा समाचार

खेतको गह्रामा नालसहितको बेवारिसे शिशु जिवितै फेला

संखुवासभा, २६ असोज । खाँदबारी नगरपालिका १ मा नालसहितको एक बेवारिसे शिशु जिवितै फेला परेको छ । बिहीबार बिहान खाँदबारीको फुलपाती चोक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेका हुन् । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ । शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीसे शिशु छाडेका सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org