ताजा समाचार

एनआरएनए अध्यक्षमा शेष घले पत्नी जमुना गुरुङद्धारा उम्मेदवारी दिने घोषणा

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि जमुना गुरुङ (घले) ले उम्मेदवारी दिने घोषणा गरेकी छन् । जमुनाको उम्मेदवार घोषणासँगै अब अध्यक्षका लागि दुई जनाको भिडन्त हुने भएको छ । एनआरएनको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भबन भट्टले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले उम्मेदवारीको घोषणा गरेकी हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ । अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी घले एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेका पत्नी समेत हुन् । ‘विश्वभरीबाट आउनु भएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्केटहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु’ उनले भनेकी छन् ।

गुरुङले उम्मेदव एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न योजना अघि सारेकी छन् । साथै आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिनुहुन अनुरोध समेत गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org