ताजा समाचार

एमाले-माओवादी गठबन्धनको असरः चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने अडान

काठमाडौं, २६ असोज । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले चिकित्सा शिक्षा विद्येयक पेश गर्न नदिने अडान लिएका छन् । वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले चिकित्सा शिक्षा विद्येयक प्रस्तावमा असहमति जनाउँदै सरकारले ल्याएको संशोधन संसदमा पेश गर्न नदिने अडान लिएका हुन् । उनीहरुको अडानपछि चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका छन् । जसमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने उल्लेख छ ।

सहमतिको प्रसासमा सभामुख ओनसरी घर्ती मगरले तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका केही सदस्यलाई बोलाएका थिइन । बैठकमा शिक्षामन्त्री श्रेष्ठले संशोधनसिहत विधेयक संसदमा पेश गर्न दिन आग्रह गरेका छन् ।

तर, एमाले र माओवादीका नेताहरुले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयक मन्त्रीले संशोधन गर्न नसकिने बताएका छन् । यदि संशोधन गर्ने हो भने फेरि महिला बालबालिका समितिमा नै पठाउनु पर्ने एमाले र माओवादी सांसदहरुको अडान छ ।

विधेयक फेरि समितिमा पठाउन सम्भव छैन । भोलि संसदको अन्तिम बैठक बस्ने तयारी छ । त्यसपछि संसदसँगै समिति रहने छैन र संसदपछि आउने संसदमा पनि यो विधेयक जाने छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org