ताजा समाचार

भारतीयविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमालेमा प्रवेश

काठमाडौं, २६ असोज । सीमा बचाउँ अभियानका अभियान्ताको उपाधि पाएका सप्तरीको तिलाठीका देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् । गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा आएका यादव एमालेमा प्रवेश गरेका हुन् ।

उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएका थिए । कांग्रेसबाट ०५४ मा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

उनले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको बताए । उनलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org