ताजा समाचार

सचिवालयबाटै दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरीवालको कार चोरी

काठमाडौं, २७ असोज । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ । उनको वेगन आर कार बिहीबार सचिवालयबाटै गायब भएको हो । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक उडाए ।@ProudBhagavathi नामको ह्यान्डलबाट ट्वीट गर्दै रुपा मुर्थी लेख्छिन्, ‘जसले केजरीवालको नीलो वेगन आर कार चोरेको छ, के तिमीले कार बेचेर पटाखा किन्नेछौै ? तिमीले बिल्कुलै सही सोचेका छौ ।’

त्यस्तै @AskAnshul नामको ह्यान्डलबाट अंशुल सक्सेना लेख्छन, ‘केजरीवालको वेगन आर दिल्ली सचिवालय नजिकैबाट चोरी भएको छ । १ लाख ५० हजार सिसिटिभी क्यामेरामा चेक गर्नुहोस्, जुन आप सरकारले दिल्लीमा लगाएको छ । प्रधानमन्त्री मोदीले राजिनामा दिनुपर्छ ।’ धेरैले दिल्लीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेका छन् ।

सुनिता सिंह लेख्छिन्, ‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकै कार चोरी हुन्छ भने सर्वसाधरण कसरी सुरक्षित महसुस गर्छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org