ताजा समाचार

सरकारद्वारा निर्माण व्यवसायी शरद गौचनलाई सहिद घोषणा

काठमाडौं, २७ असोज । सरकारले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ । गत सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहद्वारा हत्या गरिएका गौचनलाई सरकारले सहिद घोषणा गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् । गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org