ताजा समाचार

नागरिक सेवा सम्मान २०७४ बाट मन्जु खाँड सम्मानित

चितवन, २७ असोज । मन्जुश्री असाहय संरक्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको ६२ औं प्रहरी दिवसमा चितवनमा आयोजित कार्यक्रममा बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको हो ।

समाजसेवी समेत रहनुभएकी खाँडलाई प्रहरीको विशेष कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्बती शाहले सम्मान गर्नुभएको थियो ।

बिगत एक दशक देखि सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर पीडित महिलाहरुको न्याय र संरक्षणका लागी लड्दै आउनुभएकी खाडले महत्वपुर्ण भुमिका निर्बाह गरेको योगदान स्वरुप सम्मान गरिएको प्रहरीले जनाएको छ ।

महिला शसक्तिकरण र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगदान स्वरुप खाँडलाई चितवन प्रहरीले ६२ औं प्रहरी दिवसमा उहाँको कार्यको उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो ।

दिवसको अबसरमा आयोजित विशेष समारोहका बिच समाजसेबि मन्जु खाँड लगायत चितवन जिल्लाका बिभिन्न युनिटमा रही उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी अधिकृत, जवान, कर्मचारी एबं प्रहरीलाई सहयोग गर्ने नागरिक समाजका समाजसेबिहरुलाई समेत सम्मान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org