ताजा समाचार

दार्जीलिङमा फेरि हिंसात्मक झपड हुँदा सुरक्षाकर्मीसहित २ जनाको मृत्यु

काठमाडौं, २७ असोज । दार्जीलिङमा फेरि झडप हुँदा सुरक्षा कर्मीसहित २ जनाको ज्यान गएको छ ।अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किदाँ झडप भएको हो । शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख गरिएको छ ।

मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको बताइएको छ । ती मृतकको सनाखत हुन सकेको छैन । त्यस क्षेत्रमा मार्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दाबी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org