ताजा समाचार

एक महिलाद्धारा २ वर्षकी छोरी र ११ महिनाका छोरासँगै झुण्डिएर आत्महत्या

एजेन्सी, २७ असोज । श्रीमान र घरपरिवारले कुटपिट गरेको भन्दै २ वर्षका छोरी र ११ महिनाका छोरासँगै एक महिलाले आत्महत्या गरेकी छन् । भारतको उत्तर प्रदेश प्रतापगढकी मञ्जु नामकी महिलाले आफना २ बर्षकी छोरी र ११ महिनाको छोरासँगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

ति महिलालाई आफ्नै श्रीमान तथा परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले अनुसन्धानको लागि भन्दै उनका श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ । मञ्जुका मामाका छोराले झुक्याएर बिहे गरिएको बताएका थिए ।

मञ्जुको विवाह सन् २०१४ मा नागेन्द्र नामका युवकसँग गरिएको थियो । मामाका छोरा पंकज मिश्राका अनुसार त्यतिबेला मञ्जुलाई नागेन्द्र वकिल भएको भनिएको थियो तर नागेन्द्र केही काम गर्दैनथे । बिहेमा ठूलो परिमाणमा दाइजो दिइएको थियो र १ लाख रुपैयाँ नगद समेत दिइएको थियो ।

नागेन्द्रकी एक बहिनी थिइन् जसको बिहे आगामी नोभेम्बरमा तय भएको थियो । त्यसका लागि नागेन्द्रले मञ्जुका पितासँग ३ लाख रुपैयाँ मागेका थिए । तर, मञ्जुका पिताले रकम दिन अस्वीकार गरेका थिए । उनले १ लाखसम्म दिन सक्ने बताएका थिए । यसपछि नागेन्द्रले मञ्जुलाई यातना दिन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org