ताजा समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच टकरावको संकेत, शीतलनिवासमा पुगेको पत्र दर्ता भएन

काठमाडौं, २८ असोज । राष्ट्रपति र प्रधानमन्त्रीबीच टकरावको संकेत देखिएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेपछि राष्ट्रपति विदादेवी भण्डारी रुष्ट बनेकी छन् । मन्त्रीपरिषद् विस्तारका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको हो ।

देउवाले आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै राष्ट्रपति भण्डारीले चित्त दुखाएकी छन् । उनले यसबारे आज निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गर्दैछिन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन । राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैनन् । यसले राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने सकेत देखाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org