ताजा समाचार

गैर आवासीय नेपाली संघको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा


काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन तथा विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । चारदिनसम्म चल्ने महाधिवेशनमा संघको भिजन २०२०, भूकम्प पछिको पुनर्निर्माण, गैरआवासय नेपालीको लगानी लगायत विषयमा छलफल हुनेछ । नयाँ नेतृत्वका लागि भने सोमबार मतदान गर्ने कार्यक्रम रहेको गैरआवासय नेपाली संघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org