ताजा समाचार

बेलायति टेलिभिजनमा पहिलो पटक देखाईयो महिलाको ‘निप्पल’

एजेन्सी । बेलायतको एक टेलिभिजनले विज्ञापनमा महिलाको निप्पल पहिलो पटक देखाइएको छ । यो विज्ञापनको केही अंश दिउँसोको समयमा प्रसारित गरिँदैछ भने पूरा विज्ञापन सोमबार देखाइने बताइएको छ । कोप्पा फिल च्यारिटीका लागि यो विज्ञापन बनाइएको हो जसलाई स्तन क्यान्सर जागरुकता महिनाको क्रममा देखाइँदै छ ।

यो विज्ञापन शुक्रबारको ‘गुडमर्निङ ब्रिटेन’ कार्यक्रमको क्रममा देखाइएको हो । कार्यक्रममा बीबीसीकी भिक्टोरिया डर्बिशायरले स्तन क्यान्सरबारे चर्चा गरिन् । बेलायतमा क्यान्सरका बिरामीमा स्तन क्यान्सर सबैभन्दा ठूलो समस्या हो । यहाँ हरेक १० मिनेटमा एक स्तन क्यान्सरको मामला सार्वजनिक हुने गर्दछ जसमध्ये लगभग सबै महिला नै हुने गर्दछन् ।

यो विज्ञापनमा मानिसहरुलाई आफ्नो स्तनको आफैं जाँच गर्न र स्तन वरिपरि केही असामान्य परिस्थिती याद गर्नका लागि प्रोत्साहन गरिएको छ । विज्ञापनमा केही निर्जिव वस्तुलाई छोएर देखाइएको छ । साथै, पुरुष र महिलालाई पनि आफ्नो छाती वा स्तन छोएर जाँच गरिरहेको देखाइएको छ ।

थुप्रै सेलिब्रिटीले भाग लिएः

यो विज्ञापनमा लव आइसल्याण्ड रियालिटी टिभी शोकी स्टार ओलिविया बकल्याण्ड, टिभी कार्यक्रम प्रस्तोता ओडुडु, ब्लगर एन्ना न्यूटन र ब्लगर लिली पेबल्स पनि संलग्न छन् । टेलिभिजनका लागि यो विज्ञापनलाई ६० सेकेन्डका लागि तयार गरिएको छ भने सिनेमामा यसको ४० सेकेन्डको भर्जन प्रसारित गरिनेछ । यो विज्ञापन बच्चाको कार्यक्रमका समयमा देखाइने छैन ।

कोप्पा फिलकी सिइओ नाटेली केलीले भनिन्, ‘हामीले यो बताउन कोसिस गरिरहेका छौं कि हाम्रा हात र त्यसको छुवाइ नै स्तन क्यान्सरको लक्षणबारे पत्ता लगाउने सबैभन्दा राम्रो तरिका हो । हामीलाई आशा छ कि बेलायतका अन्य युवा पनि यस्तो बानी अपनाउनेछन् ।’ बेलायतमा हरेक वर्ष लगभग ११ हजार ४ सयको मृत्यु स्तन क्यान्सरका कारण हुने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org