ताजा समाचार

३१ वर्षे युवक सेबस्टियन कुर्ज बने अस्ट्रियाको राष्ट्रपति

काठमाडौं, ३० असोज । अस्ट्रियामा ३१ वर्षे युवक राष्ट्रपतिमा निर्वाचित भएका छन् । पिपुल्स पार्टीका तर्फबाट उम्मेदवार बनेका सेबस्टियन कुर्ज राष्ट्रप्रमुख बनेका हुन् । उक्त पार्टी पुरातनवादी धारको मानिन्छ । कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख बन्ने पहिलो व्यक्ति बनेका छन् ।

उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ । ‘यो देशमा परिवर्तनको समय हो, हामीलाई एक जबर्जस्त जनादेश मिलेको छ,’ नवनिर्वाचित राष्ट्रपति कुर्जले भने, ‘देशमा परिवर्तन ल्याउन मद्दत गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

यसअघि उनले सन् २०१३ मा अस्ट्रियाको सबैभन्दा कम उमेरको विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यसबेला उनी २७ वर्षका मात्र थिए । मे २०१७ मा उनलाई पिपुल्स पार्टीको नेतृत्व हात पर्‍यो । उनको राजनीतिक जीवन सोही पार्टीको युवा संगठनबाट भएको थियो । राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनुअघि उनले युवा संगठनको नेतृत्व गरिसकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org