ताजा समाचार

सोमालिया बिष्फोटमा मारिनेको संख्या २७६ पुग्यो

मोगादिसु, ३० असोज । सोमालियामा एक होटलमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार विष्फोट भएको थियो । आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको सोमालियाका सभामुखले जानकारी दिए ।

आक्रमणबाट अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३ सय भन्दा बढि रहेको सोमालियाका अधिकारीहरुले बताएका छन् । शनिबार सोमालियाली राजधानी मोगादिसुको एक अति ब्यस्त बजारलाई लक्षित गरी सो आतङ्ककारी हमला गरिएको थियो । एउटै आक्रमणमा त्यति धेरै नागरिकको ज्यान गएको छ ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताउनुभयो । एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्फोटका कारण शनिबार नै घटनास्थलमा ८५ जनाको मृत्यु भएको बताइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org