ताजा समाचार

८८ किलो सुन प्रकरणमा संलग्नता भएपछि केरुङ व्यवसायी संघका अध्यक्ष पक्राउ

काठमाडौं, ३० असोज । ८८ किलो सुन प्रकरणमा संलग्नता खुलेपछि नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामत घटनामा तामाङको संलग्नता खुलेपछि उनलार्इ पक्राउ गरेको हो ।

केरुङबाट काठमाडौंसम्म सुन ल्याउन तामाङले मध्यस्तकर्ताको भूमीका खेलेको देखिएपछि अनुसन्धानकालागि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org