ताजा समाचार

तीव्र गतिको हावाका कारण सातवटा प्याराग्लाइडिङ फेवातालमा खसे

कास्की, ३० असोज । सातवटा प्याराग्लाइडिङ यात्रुसहित फेवातालमा खसेका छन् । कास्कीको सरांकोटबाट यात्रुसहित उडेका सातवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको  हुन् । ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट भने सकुशल छन् ।

के कति प्याराग्लाइडिङ र व्यक्ति तालमा फँसेका छन् भन्ने यकिन हुन सकेको छैन । प्रहरीको उद्दार टोली तालमा पुगेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । प्याराग्लाइडिङ सराङकोटबाट उडेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org