ताजा समाचार

शेष घले पत्नी जमुनालाई पराजित गर्दै एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौं, ३१ असोज । गैरआवाशीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्बाचनमा भवन भट्ट विजयी भएका हुन्। अब उनको कार्यकाल दुई वर्षको हुनेछ । काठमाडौंमा सम्पन्न ८ औं एनआरएनए विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि भट्ट र शेष घलेकी पत्नी जमुना गुरुङबीच प्रतिस्पर्धा भएको थियो।

७६ देशका १८५४ प्रतिनिधीहरु अधिवेशनमा सहभागि भएको आयोजकले जनाएको छ। अध्यक्षमा भट्टका साथै उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य बिजयी भएका छन् भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, सचिवमा डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत थापा, सहकोषाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा बेल्जीयमकी रजनी प्रधान, युवा संयोजक सुधन थापा, एसिया संयोजक किरण थापा, उपसंयोजक पारसमणी पोख्रेल विजयी भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org