ताजा समाचार

अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ जना लडाकू मारिए

काठमाडौं, ३१ असोज । अफगानिस्तानमा सेनाको कारबाहीमा ३४ जना लडाकू मारिएका छन् । दक्षिणी खोस्ट प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा हक्वानी नेटवर्क नामक आतंककारी समूहका २६ जना लडाकू मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते पनि भएका छन् ।

यस्तै अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठजना तालिबान र इस्लामिक स्टेट्स (आइएस) लडाकू मारिएका छन् । नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org