ताजा समाचार

देउवाले गृह मन्त्रालय सम्हालेलगत्तै नेपाल प्रहरी प्रमुख फेर्ने तयारी, अब जयबहादुर चन्दको पालो

काठमाडौं, १ कात्तिक । नेपाल प्रहरीको नेतृत्व परिवर्तनको खेल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय सम्हालेसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तनको तयारी थालेका हुन् । देउवाले आफुले चाँहेको व्यक्ति प्रहरी प्रमुख नभएपछि परिवर्तन गर्ने दाउँ खोजेर बसिरहेका थिए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा एआईजीपी जयबहादुर चन्दलाई प्रहरी प्रमुख (आईजीपी) बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि प्रकाश अर्याल आइजीपी बनेका थिए । अहिले देउवाले नै सरकारले नेतृत्व गरिरहेको अवस्थामा फेरि चन्दलाई प्रहरी प्रमुख बनाउनेगरी गृहकार्य थालेको देउवा स्रोतको दाबी छ ।

यसअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जनार्दन शर्मालाई विनाविभागीयको जिम्मेवारी दिएपछि गृहमन्त्रालय आफ्नै हातमा लिँदै तयारी सुरु गरेका हुन् । देउवाले प्रहरी प्रमुख प्रकाश अर्याललाई उपयुक्त पद (सुरक्षा सल्लाहकार) मा सरुवा गरेर जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतको दाबी छ । अब भने देउवाले चन्दमाथि न्याय गर्न लागेका हुन् ।

‘गृह मन्त्रालय आजबाट सम्हालेका देउवा अबको तीन दिनभित्र आईजीपी फेर्ने छन् । जयबहादुर चन्द अबको आईजीपी हो,’ बालुवाटार स्रोतले भन्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org