ताजा समाचार

नेताका श्रीमती तथा प्रेमिका समानुपातिक सूची परेपछि राजपा महासचिव धर्नामा

काठमाडौं, १ कात्तिक । समानुपातिक सूची सञ्याउन माग गर्दै राजपा महासचिवसहितका नेताहरुले रिले अनसन सुरु गरेका छन् । मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै राजपा महासचिव केशव झा सहित केन्द्रीय नेताहरुले रिले अनसन सुरु गरेका हुन् । उनीहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै धर्ना सुरु गरेका हुन् ।

समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग गरेका छन् । नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई समानुपातिकमा राखिएको भन्दै तत्काल उनीहरुको नाम हटाउन उनीहरुको माग छ ।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई पाखा लगाएर नेताका श्रीमती, प्रेमिका र नातेदारहरुलाई समानुपातिक सूचीमा राखिएको आरोप असन्तुष्ट महिला नेताहरुले लगाएका छन् ।

धर्नामा महासचिव केशव झाका साथै केन्द्रीय सदस्यहरु वीपी यादव, दिपक कुमार झा, दिपेन्द्र अग्रवाल, नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशन सिंह राणा, महासचिव गायत्री कुमारी, उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाल लगायत रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org