ताजा समाचार

नाइजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरुसहित ६ जना पक्राउ

काठमाडौं, १ कात्तिक । नाइजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरुसहित ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बाँसबारी सल्लाघारीस्थित संजीव भारीको घरमा नाइजेरियाबाट आयातित जिवित चराचुरुङ्गीको साथमा अबैध रुपमा लुकाई छिपाई ल्याइएको संरक्षित जिवित चिम्पाञ्जी र बाँदर प्रजातिहरुसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३ बाँसबारी सल्लाघारी बस्ने ४० वर्षीय घरधनी संजीव भारी, काठमाडौं स्यम्भू बस्ने भारत बिहार पटनाका ३४ वर्षीय मोहम्मद उष्मान, भारतकै सोही ठाउँका ५४ वर्षीय मोहम्मद फईम, भारत उत्तरप्रदेश लखनउका ३५ वर्षीय चांदबाबू मोहम्मद शरीफ सहीद, काठमाडौं बुढानिलकण्ठ–१० कपन बस्ने बाराको डुमरवानाका भन्सार एजेन्ट ४२ वर्षीय राजकुमार तिवारी र पाकिस्तान कराँचीका ५५ वर्षीय जावेद अस्लाम खान रहेका छन् ।

नाइजेरियाबाट विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु पैठारी गरी नेपालबाट भारतमा समेत खरिद बिक्री तथा ओसरपसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको हो ।

साथै जिवितै उद्दार गरिएका पशुपंक्षीहरु संरक्षणका लागि श्री सदर चिडियाखाना, जावलाखेल ललितपुरमा बुझाइएको छ । जिवितै उद्दार गरिएका पशुपंक्षीहरुमा चिम्पाञ्जी २, बाँदर प्रजाति ८, गोल्डेन फेजन चरा ७, रिङनेट फेजन चरा २, परेवा ३८ र सुगा ६५ ओटा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org