ताजा समाचार

जुवाको खालबाट वडाध्यक्षसहित ३० जना पक्राउ, छुटाउन कांग्रेस नेताको दबाब

उदयपुर, २ कात्तिक । जुवाको खालबाट वडाअध्यक्षसहित ३० जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाकी मगरसहित ३० जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थमा पक्राउ गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षसहितका जुवाडेलाई प्रहरीले रौतामाई गाउँपलिका –७, मुर्कुची बजारबाट पक्राउ गरेको हो ।

वडा अध्यक्षसँगै पक्राउ पर्नेहरुमा रौतामाई गापा ७ बस्ने भीमबहादुर मगर, रौतामाई ७ बस्ने धर्म तामाङ, सबिन आले, नारायण राय, रौतामाई ७ बस्ने अनिल थापा, त्रियुगा नगरपालिका ७ बस्ने जगत मगर, त्रिनपा १६ बस्ने उपेन्द्र मगर, देब ब।मगर, खड्ग बहादुर मगर रहेका छन ।

रौतामाई गापा ७ मुर्कुचि बजारस्थितमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुकौराको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जुवा खेल्नेहरुको साथबाट ८६ हजार नगदसहित १६ थान कौडा बरामद गरेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।

त्यसैगरी जिल्लाकै त्रियुगा नगरपालिका ११ संगमटोलबाट जुवा खेलिरहको अवस्थामा बीस जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक नवराज भट्टको नेतृत्वमा रहेको टोलीले घर घेराहाली छापा मार्दा नगद दुईलाख ७२ हजार ९ सय ८० सहित ३२ थान कौडा, ६ सय ८७ पत्ती तास, मोवाईल थान २१ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई छुटाउन जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि दोस्रो तहका नेताहरुको भिड लागेको छ । पहिलो तहका नेताहरु टिकटका लागि काठमाडौं गएकाले जिल्लामा रहेका दोस्रो तहका नेताहरु प्रहरी कार्यालयमा पुगेर छोड्न दबाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org