तीन वर्षसम्म पनि बनेन भूकम्पपीडितको बास, अझै कति टहरामा बस्नुपर्ने ?
पाल्पा, २ कात्तिक । माथागढी गाउँपालिका–१, चिदीपानीस्थित खुमडाँडाका प्रकाश नेपालीको पाँचजनाको परिवार टहरामा रात बिताउन बाध्य छन् । घर भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपछि तीन वर्षसम्म नेपालीले राहतसमेत पाउन सकेका छैनन् भने टहरामा रात बिताउने पिरलो अझै नहट्ने चिन्ता मनभरि छ ।
टहरोमा पाँचजनाको परिवार बस्ने, खाने र सुत्ने समस्या कमी छ । त्यसमा वर्षात्को समय टहराबाट बाहिर गएपछि रुझेको बिरालो जस्तो भइन्छ, बाँसले बारेको कर्कट पाताको अस्थायी टहरामा गर्मी र जाडोमा रात काट्न अति नै कठिन हुने नेपालीकोे दुखेसो छ, “ससाना बालबालिका छाडेर पैसा कमाउन विदेश जान सकिएन, विदेश जान पनि पैसा छैन ।” गरिब र दलित परिवारमा भूकम्पले क्षति पुर्याएपछि झनै समस्या झेल्न बाध्य छन् ।
बाँस बस्ने घर, गाईबाख्रा पालन गर्ने गोठसमेत भूकम्पले क्षति गरेपछि सम्पत्तिका नाममा तीन महिना खान नपुग्ने बारी मात्र छ । मकैबाली उत्पादन गरे पनि जीविकोपार्जनका लागि मजदुरी गर्न बाध्य छन् । मजदुरी गरी जीविकोपार्जन गर्न नै निकै कष्ट हुने घरपरिवारका लागि आफ्नै लगानीमा घर बनाउने भन्ने कुरा दीवास्वप्न जस्तै भएको छ ।
सरकारले रु तीन लाख भूकम्पपीडितलाई घर बनाउन सहयोग गर्ने भने पनि अहिलेसम्म राहत नपाएको गुनासो उनीहरुको छ । सरकारले पहिलो किस्ताबापत रु ५० हजार सहयोग गरे पनि नेपालीले अझै पाउन नसकेको बताउनुभयो ।
मजदुरी गरी जसोतसो जीविकोपार्जन गर्ने नेपालीलाई तीन सन्तानलाई पढाउन लेखाउन एक हजारभन्दा बढी खर्च जुटाउन महाभारत हुन्छ । भूकम्पपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे पनि गरिब र दलित परिवारसम्म त्यस्ता कार्यक्रमले समेट्न नसकेको हो ।
चिदीपानीको खुमडाँडाका ६५ वर्षीय रामचन्द्र गिरीको पानी पर्यो भने बस्ने ठाउँ छैन, अन्नबाली भित्र्याउने ठाउँ छैन, अस्थायी टहरामा चारजनाको परिवारले जसोतसो रात बिताउन बाध्य भएको बताउँछन् । “पहुना आउँदा समस्या हुन्छ, नआइदिनुहोला घरमा बस्ने बाँस छैन, भन्नुपर्ने अवस्था छ”, गिरीले दुखेसो व्यक्त गर्नुभयो ।
“भूकम्पपीडितलाई पैसा आयो भन्छन्, पैसा कता आयो कता, हामीले पहिलो किस्ताबापतको रकमसमेत पाइएको छैन । तीनवटा दशैँ टहरामा बितेपछि अब त दशैँ तिहार आउनभन्दा नआउँदा ठीक होला जस्तो भएको छ”, गिरीका बुहारी राधिका गिरीले थप्नुभयो, “दशैँ भूकम्पपीडितका लागि दशा बन्यो ।”
स्थानीय बासिन्दा ८७ वर्षीय त्रिलोचन गिरीले घर तीनतिरबाट भत्केकाले सुत्न नपाएकामा दुखेसो पोख्नुभयो । भत्केको घर अगाडि टहरामा रात बिताउन समस्या भएको छ । घरमा बस्ने ठाउँको अभावका कारणले नौजनाको परिवार रहेको घरमा अहिले कान्छो छोराको परिवार बाहिर बस्न थालेको छ । उज्यालो भएको बेला दिनमा घरमा पसे पनि रातिमा बस्न मिल्ने छैन ।
अर्का भूकम्पपीडित घनश्याम गिरीले पहिला बाँस नभएपछि बुटवलमा भाडामा बस्न बाध्य भएको बताउनुभयो । यहाँ टहरा बनाएर अहिले बसेका छौँ, सुत्ने भुइँमा नै हो, टहरामा पस्दा निहुरिनुपर्छ, ठूलो बनाउँदा हावाले उडाउने समस्याले सानो टहरा बनाएको हो ।
अर्का भूकम्पपीडित जयबहादुर कार्कीको छजनाको परिवार जसोतसो टहरामा रात बिताउन बाध्य भएको छ । चाडपर्व आउँदा समस्या हुने पाहुनालाई कता राख्ने भन्ने समस्या बढी हुने गर्छ । घर बनाउन सकिएको छैन, एकातर्फ पैसा छैन, अर्कोतर्फ प्राविधिक नआएपछि घर बनाउने काममा अन्योल थपिएको छ । हामीले बनाएको घर प्राविधिकले हुँदैन भनेमा खर्च बढी हुने भएपछि घर बनाउने काम रोकिएको छ, गाउँमा टाठाबाठा मान्छे नहुँदा समस्या भएको कार्की बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...