विवेकशील साझा पार्टीको थप चार जिल्लामा उम्मेदवारी घोषणा (नामावलीसहित)
काठमाडौं, २ कात्तिक । विवेकशील साझा पार्टीले थल जिल्लामा उम्मेदवारी घोषणा गरेको छ । दोस्रो चरणमा काठमाडौँ लगायतका जिल्लाहरुमा उम्मेदवारी घोषणा गरेको विवेकशील साझा पार्टीले तेस्रो चरणमा थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको हो ।
तेश्रो चरणमा रुपन्देही, ईलाम, पर्सा, अर्गाखाँची जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्ष उम्मेदवारी घोषणा गरेको हो । अन्य उम्मेदवारहरु पनि क्रमशः घोषणा गर्दै जाने पार्टीको नीति रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
विवेकशील साझा पार्टीले रुपन्देही क्षेत्र नम्बर २ बाट हरि कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । अर्घाखाँची हंसपुरमा जन्मिएका अधिकारी पेशाले दन्त चिकित्सक हुन् । काठमाडौँ मोडल कलेजबाट डेन्टल हाइजिन पढेका अधिकारी आस्था डेन्टल केयर, बुटवलका संचालक हुन् ।
सामाजिक संस्थाहरुमा सक्रिय अधिकारी राजनीतिलाई समाजसेवा मान्छन् । ३३ वर्षीय अधिकारी नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष हुन् । उनी नेपाल डेन्टल व्यवसायी एसोसिएसन रुपन्देही र हंसपुर अर्घाखाँची रुपन्देही सम्पर्क समाजका पनि अध्यक्ष हुन् ।
त्यस्तै पर्सा क्षेत्र नम्बर १ बाट डा. महमद रज्जालाई उम्मेदवार बनाएको छ । पेशाले चिकित्सक वीरगंजका रज्जा पछिल्लो एक वर्षदेखि पर्सा र बाराका ग्रामीण भेगका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी निःशुल्क औषधि वितरण गर्दै आएका छन् ।
बंगलादेशबाट एमबिबिएस गरेका डा. रज्जाका नेपाल र बंगलादेशका राष्ट्रिय स्तरका पत्रपत्रिकामा समाज विकाससम्बन्धी लेख प्रकाशित छन् । १० वर्ष विदेशमा बिताएका उनी समृद्धि र विकासका लागि वीरगंजलाई स्मार्ट सिटी बनाउन चाहन्छन् ।
विवेकशीला साझा पार्टीले ईलाम क्षेत्र नम्बर १ बाट सचिन घलेलाई उठाएको छ । डा. गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा साथ दिँदै आएका २७ वर्षीय घले १५ औँ हप्तासम्म सञ्चालित त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक हुन्। ईलाम, सूर्योदय नगरपालिका वासिन्दा घलेले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी ईलामलाई भ्रष्टाचाररहित र समृद्ध बनाउन आफ्नो उम्मेदवारी दिएको बताउँछन् ।
अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ । मुम्बाईबाट कम्प्युटर साइन्समा स्नातक गरेका विष्णुप्रसाद मिश्र पेशा कार्यरत छन् । कामको सिलसिलामा कतार र दुबई गरी एक दशक बिताएका उनले सोही क्रममा नेपालको आर्थिक परनिर्भरता र त्यसका कारण युवा पुस्ताले पाएको दुःखलाई आत्मसात् गरेको बताउँछन् । सक्रिय राजनीति मार्फत देशको समस्या कम गर्न स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने उनको लक्ष्य छ ।
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...