प्रदेशसभाका लागि ७४ सिटमा एमाले माओवादीबीच भागबण्डा, एमाले ४१ र माओवादी ३३
काठमाडौं, ३ कात्तिक । प्रदेशसभा निर्वाचनको लागि एमाले र माओवादीले ७४ सिटमा भागवण्डा गरेका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटमा एमालेले ४१ सिट पाएको छ । ७४ मध्ये माओवादीले भने ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।
चुनाबी तालमेलमा ६०/४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ । बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने कार्यदलका एक सदस्य तथा माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ । त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् । ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१/१६ को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१/३३ को भागवण्डा गरेका हुन् ।
एमालेले दोलखा (ख), रामेछाप (क) तथा (ख), रसुवा (क), ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङको (क) तथा संखुवासभा (क) मा उम्मेदवार उठाउनेछ । प्रदेशसभाका अरु जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङ (क) मा पनि एमालेलेमात्रै उम्मेदवार उठाउनेछ भने संखुवासभा (ख) सोलुखुम्बु (क) र (ख) तथा सिन्धुपाल्चोक २ को (ख) मा पनि एमालेले उम्मेदवारी दिनेछ ।
यसैगरी नुवाकोट १ (ख), नुवाकाेट २ (क) लमजुङ (क) र (ख), धादिङ १ (क), धादिङ २ (क) तथा मनाङ (क) र (ख) दुबैमा एमालेको उम्मेदवारी रहनेछ । यसैगरी मुस्ताङको (क) र ख तथा म्याग्दी र गोरखा (ख) एवम् बागलुङ (क) मा पनि एमालेको उम्मेदवार रहनेछ ।
यस्तै बागलुङ २ (ख), डोल्पा( क), जुम्ला (ख),कालिकोट(क), जाजरकोट (क) र (ख) तथा मुगु (क) र (ख) मा पनि एमालेकै उम्मेदवार हुनेछन् । यसैगरी बझाङ(क), बाजुरा (क र ख), बैतडी (ख), दार्चुला (क) मा पनि एमालेको उम्मेदवार रहनेछन् र माओवादी केन्द्रले ती स्थानमा उम्मेदवार उठाउने छैन ।
यसैगरी माओवादी केन्द्रको प्रदेशसभामा भाग परेको ३२ सिटमा नुवाकोट २ (ख), धादिङ १ ख) तथा धादिङ २ (ख) परेको छ । यसैगरी गोरखा १(क), गोरखा २ (क र ख) बागलुङ १ (ख), बागलुङ२(क) र म्याग्दी (क) पनि माओवादीको भागमा परेको छ ।
यस्तै रोल्पा (क र ख) , रुकुम पूर्व (क र ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला ख माओवादी केन्द्रको भागमा परेको छ । ति स्थानमा एमालेको उम्मेदवार हुने छैनन् र माओवादी केन्द्रलाई सघाउने छन् ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...