ताजा समाचार

एमाले टिकट नदिएपछि दिपक मनाङ्गेले स्वतन्त्र उमेदवारी दिए

काठमाडौं, ५ कात्तिक । सम्पूर्ण कार्यसमितिसहित एमाले प्रवेश गरेका गुण्डा नाईके दिपक मनाङ्गेले स्वतन्त्र उमेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपनि एमालेको झन्डासहित उमेदवारी दर्ता गराउन पुगेका थिए ।

यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भएपनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको थियो । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।

आफुलाई मनाङका जनताले मन पराएकाले उम्मेदवार दिएको उनको भनाई छ । “मलाई मनाङका जनताले मन पराएका छन् । म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिएपनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,” मनाङ्गेले भने । मनाङ्गे एमाले प्रवेश गर्नुभन्दा पहिले राप्रपा मनाङका अध्यक्ष थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org