ताजा समाचार

अष्ट्रेलियामा समलैंगिक विवाहको लागि जनमत संग्रह

एजेन्सी, ६ कात्तिक । अष्ट्रेलियामा समलैंगिक विवाहको लागि कस्तो कानुन बनाउने भन्ने विषयमा जनमत संग्रह हुने भएको छ । सर्वेक्षण नाम दिईएको उक्त जनमत संग्रहमा आम मानिसहरुसँग समलैंगिक विवाहको लागि कानूनमा कस्तो परिर्वतन गर्ने प्रश्न सोधिनेछ । सर्वेक्षणमा आफ्नो धारणा दिनको लागि आम नागरिकलाई कुनै बाध्यता गरिने छैन् । आम नागरिकले स्वतन्त्र भएर आफ्नो मत जाहेर गर्न पाउनेछन् ।

सर्वेक्षणमा ‘हा’ को विकल्प चुन्नको लागि देशभर याली निकालिएको छ । शनिवार तथा आईतबार हजारौं मानिसहरु सडकमा उत्रिएर कानुनमा बदलावको पक्षमा प्रचार प्रसार गरिएको छ । यहाँ समलैंगिक विवाहलाई लिएर धेरै समयदेखि बहस चलिरहेको छ । अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी ऐबट समलैंगिक विवाहको विरुद्धमा रहेका छन् । यसको लागि उनले धेरै विरोधका सामना गर्नुपरेको छ ।

अष्ट्रेलियाको जनसंख्या ब्यूरोका अनुसार अहिलेसम्म एक करोड़ नागरिकले वैवाहिक कानून सर्वेक्षणमा मतदान गरेका छन् । जो कुल पंजीकृत मतदाताको ६७.५ प्रतिशत हो । अष्ट्रेलियालाई उदारवादी देश मानिदै आएको छ । तर २००४ मा अष्ट्रेलियाले विवाह अधिनियम १९६१ लाई संशोधन गरेर समलैंगिक विवाहमाथि प्रतिबनध लगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org