ताजा समाचार

उत्तर कोरियाविरुद्ध जापानले कडा कदम चाल्ने, अब उत्तरले के गर्ला ?

काठमाडौं, ६ कात्तिक । उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत हुने जापानी प्रधानमन्त्री सिन्जो आबेले चेतावनी दिएका छन् । जापानको मध्यावधी चुनावको एक्जिट पोलमा विशाल जितको सम्भावना देएिपछि प्रधानमन्त्री आबेले उत्तर कोरिया विरुद्ध कडा रुपमा उत्रिने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री आबेले देशको परिवर्तित राजनीतिक संकटका बीच जनादेश बढाउनका लागि एक वर्ष पहिले नै चुनाव गराएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाले जापानको उत्तरी द्विप होक्काइदोमा लक्षित गरेर दुई वटा मिसाइल प्रहार गरेको थियो । यो चुनावमा जित्नु भयो भने सिन्जो आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नेमा पर्नुहुनेछ । सिन्जो आबे सन् २०१२ मा प्रधानमन्बी बन्नुभएको थियो । सिन्जो आबेले जापानको शान्तिवादी संविधान पनि संशोधन गर्ने पक्षमा हुनुहुन्छ ।

जापानको यो संविधान सन् १९४७ मा अमेरिकाको दबाबमा बनेको थियो । संविधानको अनुच्छेद ९ मा युद्धको पूर्ण त्यागको कुरा उल्लेख छ । जसले गर्दा पनि जापानले उत्तर कोरियामाथि कारबाही गर्न संवैधानिक बाटो खुलेको छैन । ताजा जनादेशका साथ संविधान संशोधन गर्ने पक्षमा प्रधानमन्त्री सिन्जो आबे रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org