ताजा समाचार

एउटा यस्तो गाउँ जहाँका हरेक युवतीहरुले जिवनमा एकपटक वेश्या हुनैपर्छ

एजेन्सी, ६ कात्तिक । विश्वमा विभिन्न प्रथा परम्पराहरु रहेका छन् । परापुर्वक कालदेखि चल्दै आएका केही प्रथा परम्परा अहिले पनि निरन्तरता पाईरहेका छन् । संसारमा धेरै कुराहरु छन्, जुन सुन्दा आश्चर्यचकित र अविश्वसनीय लाग्छन तर यति हुँदाहुँदै पनि ती सत्य हुन् ।

भारतको शहर गुजरातमा एउटा यस्तो गाउँ छ जहा लगभग हरेक युवतीहरु एकपटक वैश्या बनेकै हुन्छन् । यो उनीहरुको परापुर्वक कालदेखि चलिआएको परम्परा हो ।

यदि यो गाउँमा कुनै पनि वालिकाको जन्म हुनु भनेकै उनको भाग्यमा भविष्यमा वेश्या हुनु भनेर लेखिनु सरह हो । सामाजिक मान्यता र परम्पराको नाममा चेलीबेटीको यौवनसँग सौदा गर्ने प्रचलन बर्षौंदेखि यो गाउँमा चलिआएको हो ।

यहाँका अभिभावक, दाजुभाई या पिता पुरुषहरु नै आफ्ना छोरी चेलीहरुलाई आफै अगाडी बढेर सौदा गर्दछन । गुजरातमा रहेको ‘वाडिया’ नामक यो गाउँमा बर्षौं देखि रहेको यो चलन हटाउन अनेक प्रयासहरु भएपनि आजपर्यन्त यो कायमै छ ।

यहाँ कलिलै उमेरदेखि छोरीहरुलाई पुरुषलाई खुसि बनाउने कला र वेश्याको जीवनमा धकेल्ने संस्कार घरबाटै सिकाइन्छ र उमेर पुग्नेबितिकै संस्कारको नाममा वेश्यावृत्तिमा संलग्न गराइन्छ । यसैले यहाँ जन्मिएका नारीहरुको लागि इज्जतको जीवन जिउन पाउनु भनेको एउटा सपनासरह हो ।

सबै भन्दा दुखको कुरा त यो छ कि यो परम्पराको बारेमा सबैलाई थाहा हुँदाहुँदै पनि यसलाई हटाउने तर्फ कसैको ध्यान गएको पाइदैन । ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता अभियानहरु चलिरहेको यो गाउँमा यसको कुनै असर देखिदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org