ताजा समाचार

तस्करको मलद्वारभित्र लुकाएको १ किलो सुन भेटिएपछि

एजेन्सी, ६ कात्तिक । मलद्धारभित्र लुकाएर तस्करी गर्न लागेको १ किलो सुनसहित एक जना पक्राउ परेका छन् । कोलम्बो एयरपोर्टमा मलद्धारभित्र लुकाएर तस्करी गर्न लागेको १ किलो सुनसहित एक श्रीलंकाली पुरुष पक्राउ परेका हुन् ।

एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ । ४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका उत्पन्न भयो र उनलाई नियन्त्रणमा लिइएको थियो ।

उनको मलद्धारबाट ९ सय ५ ग्राम सुन बरामद भयो । उनलाई पक्राउ गरियो । तर पछि उनलाई झण्डै डेढ लाख रुपैयाँ बराबरको जरिवाना गरी मुक्त गरिएको बताइएको छ । अधिकारीहरुका अनुसार प्लास्टिकको झोलामा बेरेर उनले सुनलाई मलद्वारभित्र घुसाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org