ताजा समाचार

देउवा, प्रचण्डलाई मार्ने धम्की दिने साकार अधिकारी अन्ततः अष्ट्रेलियाबाट नेपाल फर्काइए

काठमाडौं, ६ कात्तिक । सामाजिक सञ्जालमा अश्लिल गालीहरुमार्फत चर्चित भएका साकार अधिकारी अष्ट्रेलियाबाट ३ बर्ष पछि नेपाल फर्काइएका छन । धेरै प्रयास गर्दापनि उनका हर्कतहरु नरोकिएपछि उनकी आमा रोजु अधिकारीले सामाजिक सञ्जालमार्फत उनको छोरोलाई नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् ।

उनको आग्रहपछि अष्ट्रेलियामा रहेका नेपाली राजदूत तथा गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको सहयोगमा उनी केही साताअघि अष्ट्रेलिया आएकी थिइन् । अष्ट्रेलिया पढ्न आएकी युवतीसँग फर्जी विवाह गरेर अष्ट्रेलिया आएका साकारको मानसिक अवस्था विग्रनुमा उक्त केटीसँगको दुरी बढ्नु भएको बताइन्छ ।

डिपेन्डेन्ट भई अष्ट्रेलिया पुगेका साकार अष्ट्रेलिया पुगेको केही समयपछि उनले मानसिक सन्तुलन गुमाएको उनका नातेदारहरुले बताएका छन् । उनको निडल कानमा छिराएको भिडियो सार्वजनिक भएपछि उनको घरपरिवारलाई तनाव भएको थियो । उनी लागुपदार्थको कुलतमा समेत फसेको धेरैको आशंका छ ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विभिन्न आरोप लगाउँदै अश्लील गाली गरेको एउटा फेसबुक भिडियो सार्वजनिक गरेका साकार काठमाडौंका बासिन्दा हुन् । उनी र्‍यापर समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org