ताजा समाचार

मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा ८ महिलाको मृत्यु, नेपालीको अवस्था के भयो ?

काठमाडौं, ७ कात्तिक । मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । मंगलबार बिहान नेपाली कामदार चढेको बसलाई अर्कोबसले ठक्करदिँदा ८ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा ३३ जना घाइते भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको छ ।

कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसियन प्रहरीले जनाएको छ । सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक बिहान ५ बजेर ४० मिनेटमा दुर्घटना भएको हो ।

बसमा नेपाली र इन्डोनेसियन कामदार रहेपनि अहिले सम्म नेपालीको ज्यान गएको कुनै जानकारी नआएको नेपाली दूतावासले जनाएको छ । नेपाली कामदार बोकेको बस दुर्घटनामा परेपनि नेपाली कामदारको ज्यान गएको पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासका द्धितीय सचिव प्रेमराज गौतमले जानकारी दिए । घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org