ताजा समाचार

माओपछि शी जिनपिंग ‘सबैभन्दा शक्तिशाली’, उनको विचारधारा संविधानमा समावेश गरिने

काठमाडौं, ७ कात्तिक । चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सि जिनपिङको विचारधारालाई संविधानमै समावेश गर्ने निर्णय गरेको छ । झण्डै एक हप्तादेखि चलिरहेको कम्युनिष्ट पार्टीको भेलामा संविधानमै सि जिनपिङ बिचारधारा लेख्ने निर्णय गरेको हो । संविधानमा शीलाई चीनका पहिलो नेता र संस्थापक माओत्से तुंगको दर्जा दिइएको छ । सन् २०१२ मा चीनको राष्ट्रपति बनेपछि शीको चीनको सत्तामा पकड लगातार बलियो हुँदै गएको थियो ।

संविधानमा ‘शी जिनपिंग थट’ लेख्ने पक्षमा सर्वसम्मतिले मतदान गरिएको बीबीसीले जनाएको छ । बेइजिङमा बन्द ढोका भित्र यो कांग्रेसमा दुई हजारभन्दा बढि प्रतिनिधी समावेश थिए । यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो जसमा आउँदो पाँच वर्षमा देशको नेतृत्व कसको हातमा होला भन्ने विषयमा निर्णय गरिन्छ ।

अब चिनियाँ नागरिक, विद्यालयका बालबालिका सरकारी कर्मचारी तथा कम्युनिष्ट पार्टीका ९ करोड सदस्यले सि जिनपिङको विचार पढ्नेछन् । साथै जिनपिङको विचारसँगै चिनियाँ समाजवादी युग सुरु भएको मानिएको छ । चीनले सिको युगलाई आधुनिक चीनको तेस्रो अध्याय सुरु भएको जनाएको छ । चीनमा यसअघि माओत्सेतुङ्ग र देङ सियाओपिङको नाम मात्र संविधानमा उल्लेख गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org