ताजा समाचार

नेपाली चेली जोली अमात्यलाई राष्ट्रसंघबाट एक उच्च सम्मान प्रदान

काठमाडौं, ८ कात्तिक । नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघबाट एक उच्च सम्मान प्राप्त गरेकी छिन् । युएस नेशनल कमिटि फर युन वुमनले जोलीलाई च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको हो । ३० औं बार्षिकोत्वको अवसरमा जोलीलाई यस्तो सम्मान प्रदान गरिएको हो ।

युएन वुमनले नेपालमा उल्लेखनीय काम गरिररहेको सन्दर्भमा आफूले च्याम्पेन अफ द चेन्ज अवार्ड प्राप्त गरेकोमा जोलीले खुशी व्यक्त गरेकी छिन् । ३ जनालाई छानेर प्रदान गरिएको यस्तो अवार्ड प्राप्त गर्नेमा अरु दुईजना कर्नरस्टोन क्यापिटल इन्ककी संस्थापक एरिका कार्प र ग्लोबल वेलनेस इन्स्टीच्युटकी अध्यक्ष सुसी एलिस रहेका छन् ।

जोली अमात्य राष्ट्रसंघका सन् २०१५ देखि २०१७ सम्म युवा सम्मेलनकी अध्यक्ष हुन् । उनले विश्वका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरिसकेकी छिन् । सन् २०१३ देखि कार्यरत जोली राष्ट्र संघको इतिहासमै युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन् ।

पाटनमा जन्मिएकी उनले यसअघि विश्व बैंक, एक्सन एड नेपालजस्ता संस्थामा काम गरिकेकी छिन् । काठमाडौंको सेन्ट मेरिजमा पढेकी उनले हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी छिन् । जोलीले सन् २००७ मा ‘महिलाको आवाज’ भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गरेकी थिइन् । उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय, हार्बर्ड विश्वविद्यालयमा पूर्वस्नातक तहको अध्ययन पूरा गरेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org