ताजा समाचार

चीनले बनायो ड्राइभर र फलामे ट्रयाकबिनै गुड्ने स्मार्ट रेल (भिडियोसहित)

काठमाडौं, ८ कात्तिक । चीनले स्मार्ट रेल सेवा शुरु गरेको छ । स्मार्ट प्रविधिमा आधारित स्मार्ट रेल सेवा शुरु गरेको हो । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् ।

जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै । चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ ।

यसका लागि ट्रयाक नै नचाहिने भने होइन । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ । सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org