ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व सार्वजनिक, सी फेरि पाँच वर्ष शक्तिमा

काठमाडौं, ८ कात्तिक । चीनमा कम्युनिष्ट पार्टीको महाधिवेशनले पाँच नयाँ अनुहारसहित पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । सी जिनपिङको उत्तराधिकारी घोषणा नगरी स्थायी समितिको घोषणा गरिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनले शीलाई पुनः महासचिवमा निर्वाचित गरेको हो । लगतै ६४ वर्षीय शीले सात सदस्यीय स्थायी कमिटीको घोषणा गरेका छन् । जो चीनका शक्तिशाली नेताहरु हुन् ।

राष्ट्रपति शीसँगै प्रधानमन्त्री लि खछ्याङ बाहेक अरु नयाँ हुन् । सात सदस्यीय नयाँ स्थायी समितिमा सी र प्रधानमन्त्री लि खछ्याङसँगै लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ रहेका छन् । सामान्यतया स्थायी समितिमा एक उदयीमान नेतालाई पछि ल्याइन्थ्यो । तर, शीले यो परम्परा तोडेका छन् ।

यो पटक स्थायी कमिटीमा आउने अपेक्षा गरिएका ग्वानडोङका पार्टी प्रमुख हु चुनवा र चोनचिङ पार्टी प्रमुख चेन मिनर अटाएनन् । उनीहरु दुबैलाई सीको सम्भावित उत्तराधिकारीका समेत हेर्न थालिएको थियो । तर, अब त्यो सम्भावना रहेन । झाउ लिजीलाई भ्रष्टाचार विरोधी आयोगको प्रमुख बनाइएको छ ।

महाधिवेशनले सिलाई केन्द्रिय सैन्य आयोगको प्रमुखमा समेत नियुक्त गरेको छ । महाधिवेशनले यसअघि मंगलबार सि को विचार तथा सिद्धान्तलाई पार्टीको संविधानमा उल्लेख गर्ने निर्णय गरेर माओत्सेतुङ पछिकै दोस्रो नेताको दर्जा दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org