ताजा समाचार

​‘ट्रम्प देशद्रोही हुन्’ भन्दै डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालियो (भिडियो)

एजेन्सी, ८ कात्तिक । ​‘ट्रम्प देशद्रोही हुन्’ भन्दै अमेरिकी राष्ट्रपतिमाथि रसियाली झण्डा फालिएको छ । ‘ट्रम्प देशद्रोही हुन्’ भन्दै र्‍यान क्लेटन नाम गरेका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालेका हुन् । मंगलबार क्यापिटल हिलमा रिपब्लिकन पार्टीका सिनेटरहरुसँगको बैठकका लागि प्रवेश गर्दै गरेका राष्ट्रपति ट्रम्पमाथि रसियाली झण्डा फ्ँयाकेका हुन् ।

३६ वर्षीय क्लेटनलाई यसअघि पनि गैरकानूनी आचरणको आरोप लाग्दै आएको छ । क्लेटनले यसअघि राष्ट्रपति ट्रम्पका ज्वाँई जेयर्ड कुस्नेरलाई पनि अभद्र व्यवहार गरेका थिए । क्लेटन ट्रम्प विरोधी संस्था ‘अमेरिकन्स टेक एक्सन’ सँग जोडिएका व्यत्ति भएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष रसियासँगको सम्बन्धलाई लिएर निकै आलोचना भएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको प्रचारप्रसारको समयमा रुसको सहयोग लिएको आरोपसमेत लाग्दै आएको छ । प्रदर्शनकारी क्लेटनले ‘यी राष्ट्रपतिले रसियाली एजेन्टहरुसँग मिलेर चुनाव जित्नका लागि षड्यन्त्र गरेका हुन्’ भन्दै चिच्याएका थिए । क्लेटनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/watch?v=EQgjxmbftCU

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org