ताजा समाचार

सर्वोच्चको आदेशपछि एमालेले मुख खोल्यो, चुनाव भाँड्ने नियतले आएको ठहर

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग-अलग मतपत्र छाप्न सर्वोच्चले दिएको आदेश चुनाव भाँड्ने उद्देश्यले आएको ठहर गरेको छ । चुनाव सार्ने वा टार्ने नियत जताबाट प्रकट भए पनि स्वीकार्य नहुने एमालेको भनाई छ ।

सर्वोच्चको आदेशपछिको अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेताहरुले सर्वोच्चको पछिल्लो आदेश निर्वाचन भाँड्न सहयोगी हुने खाले रहेको टिप्पणी गरेका थिए ।बैठकपछि कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले चुनाव टार्ने नियतले सर्वोच्चको आदेश आएको सबै नेताको धारणा रहेको बताए ।

यसबारेमा एमालेले आजै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएको छ । दुई न्यायाधीशको संयुक्त इजलासले निर्णय गरिसकेको मुद्दामा एकल इजलासले अर्को आदेश दिनुको नियतबारे बैठकमा छलफल भएको पोखरेलले बताए । अदालत नियतवश निर्वाचन आयोगको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको आशंका भएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org