ताजा समाचार

इन्डोनेसियाको पटाका कारखानामा आगलागी हुँदा ३० जनाको मृत्यु, ४६ घाइते

इन्डोनेसिया, ९ कात्तिक । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ सहरको एक पटाका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

सुरक्षा अधिकारी सादुनीका अनुसार घाइतेहरुको तीन वटा अस्पतालमा उपचार भइरहेको छ। मृतकमध्ये प्रायः उत्पादन कक्षमा काम गर्ने मजदूर छन्। पटाका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको अग्नी नियन्त्रकले जनाएका छन्।

ताङगेराङ सहरका बरिष्ठ प्रहरी आयुक्त हरि कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएको हुनसक्ने बताए। रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org